काठमाडौँ: नेकपा माओवादी केन्द्रको प्रवक्ताको जिम्मेवारी नेता कृष्णबहादुर महरालाई दिइएको छ।

सभामुख हुँदा यौन दुर्व्यवहारकाे आरोप लागेपछि पदबाट हटाइएका महराले लामो समयपछि पार्टीमा प्रभावकारी भूमिका पाएका हुन्। यस अभियोगमा उनले अदालतबाट सफाइ पाइसकेका छन्।

सोमबार र मंगलबार काठमाडौंमा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले यसअघि प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठको स्थानमा महरालाई जिम्मेवारी तोकेको हो।

नेता श्रेष्ठलाई भने माओवादी केन्द्रको प्रवास समितिको इन्चार्ज बनाइएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version