काठमाडौँ: यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा भदौ २० देखि सञ्चालन गर्ने भएको छ।

यातायात व्यवस्था विभागले आज सूचना जारी गर्दै वैशाख १५ देखि रोकिएको लिखित तथा प्रयोगात्मक परीक्षा भदौ २० गते आइतबारबाट सञ्चालन गर्न लागेको जनाएको छ ।

यसअघि खबरहबसगको कुराकानीमा विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले लकडाउनलका कारण रोकिएका लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा १८ गतेबाट हुने बताएका थिए । तर कारणबास दिएको सूचनाभन्दा २ दिनपछिबाट सुरु गर्न लागेको उनले बताए ।

लाइसेन्सका लागि आवेदन दिएका ४ लाख परीक्षार्थीले २० गतेबाट परीक्षा दिना पाउनेछन् भने नयाँ आवेदन तत्काल नखुल्ने विभागले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version