काठमाडौंः सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, न्यूरोड शाखामा कार्यरत वरिष्ठ र कनिष्ठ सुन जाँचकर्ताहरु तथा सुन ऋणीहरुको मिलेमतोमा धितो वापत राखिएको सुन चलाएको अभियोगमा बैंकका कर्मचारीसहित पाँच जना पक्राउ परेका छन ।
सुन ऋण चुक्ता नहुदै फिर्ता दिने तथा अपुग सुन समेत राखि विभिन्न समयमा विभिन्न ऋणीहरुलाई ऋण प्रवाह गर्दा सात किलो २८ ग्राम बराबरको सुन अपुग हुन गई बैकलाई २ करोड २८ लाख ३८ हजार ४ सय १ रुपैयाँ ५२ पैसा बैंकिङ प्रकृया विपरित हानीनोक्सानी पुर्याएको आरोपमा उनीहरु पक्राउ परेका हुन ।
पक्राउ पर्नेहरुमा सो बैकका वरिष्ठ सुन जाँचकर्ता भक्तपुर खोमावहाल भई हाल काठमाडौ २५, बस्ने वर्ष २६ का सामिन शाक्य सहित अन्य चार जना पक्राउ परेको प्रहरी उपरीक्षक सानुराम भट्टराइले जनाएका छन । उनीहरुलाई बैंककै सूचनाका आधारमा केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरिएको उनले बताए ।
उनीहरुलाई हिजो पक्राउ गरी उच्च अदालत पाटन बाट ७ दिनको म्याद लिई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य भैरहेको पनि उनले जनाए।
पक्राउ पर्ने अन्यमा ः
१। सिटिजन्स बैंकका सहायक सुन जाँचकी जिल्ला भक्तपुर इतोछे बस्ने वर्ष २८ का विन्देश शाक्य
२। प्राइम कमर्शियल बैंक,गोल्ड अडीट डिपाटमेन्टमा काम गर्ने भक्तपुर, इटापा बस्ने वर्ष ३३ का अमितराज बज्राचार्य
३। सुन ऋणी, मोरङ शनिश्चरे ८ भई हाल काठमाडौ ३३ पुरानोबानेश्वर बस्ने बर्ष ४५ का लभ बराइली
४। अर्का सुन ऋणी, संखुवासभा, शनिश्चरे २ भई हाल काठमाडौ वडा २८ बस्ने उमेश राज बराइली
