काठमाडौँ: कृषि विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतसमता शैक्षिक गुठीका संचालक उत्तम सञ्जेललाई ५ लाख रुपियाँको चेक हस्तान्तरण गरेको छ ।

बैंकको मुख्य कार्यालय रामशाहपथमा आज आयोजित कार्यक्रममा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको उपस्थितिमा प्रमुख कार्यकारी अधिकृत(सीईओ) अनिलकुमार उपाध्यायले उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा राष्ट्रिय कलाकरद्धय श्रेष्ठ र आचार्यलाई बैंकको तर्फबाट सम्मान समेत गरिएको थियो । कार्यक्रममा सीईओ उपाध्यायले बैंकले वर्तमान अवस्थामा पुर्याएका सेवाका बारेमा उल्लेख गर्दै कलाकरद्धय श्रेष्ठ र आचार्यलाईसम्मान गर्न पाएकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा बैंकका उप–महाप्रबन्धकज्यूहरु क्रमशः प्रताप सुवेदी, यज्ञप्रकाश न्यौपाने, धु्रवचन्द्र गौतम, दीर्घबहादुर अर्याल, प्रेमकुमार श्रेष्ठ, बाबुकाजी थापा, बैंक ब्राण्ड एम्वेश्डरद्धय जितु नेपाल, आश्रा कुँबर, बैंकका विभागीय प्रमुखहरु, बैंकका प्रवक्ता तथा कम्पनी सचिव हिमलाल पौडेल लगायत अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य बजार तथा शाखा संचालन विभागका विभागीय प्रमुख गिरिधारी पौडेलले गरेका थिए भने कार्यक्रमको संचालन शाखा प्रमुख विनोद कोईरालाले गरेका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version