काठमाडौँ: जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भदौ २२ गतेपछि मात्र पार्टी सरकारमा सहभागी हुने स्पष्ट पारेका छन् ।

बिहीबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यादवले कठिन अवस्थामा बनेको सरकारले २२ गते पछि पूर्णता पाउने पनि बताए ।

गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँड विषयमा कुनै विवाद नरहेको उनले जानकारी गराए ।

गठबन्धन दलबीच भएको सहमतिअनुसार नै सरकार सञ्चालन भएको भन्दै उनले सरकार सञ्चालनका विषयमा शीर्ष नेताबीच छलफल भइरहेको बताए ।

उनले महन्थ ठाकुरलाई अरु कसैले प्रयोग गरिरहेको आरोप पनि लगाएका छन् । अध्यक्ष यादवले आफ्नो पार्टीले महन्थ नेतृत्वको लोसपासँग कुनै प्रतिस्पर्धा नहुने जिकिर गरे ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version