काठमाडौँ: सात सय ५० मेगावाटको पश्चिम-सेती जलविद्युत् आयोजनाबटा अन्तत: चिनियाँ कम्पनी थ्रीगर्जेजले रद्ध गरेको छ ।
चिनियाँ कम्पनी थ्रीगर्जेजले ६ वर्ष सो परियोजना गर्ने भन्दै हाल आएर नगर्ने जनाएको हो । यसअघि अष्ट्रेलियाले १६ वर्ष ओगटेर सोहि परियोजना छोडेर भागेको थियो ।

आयोजना निर्माणका विषयमा सहमति खोज्न लगानी बोर्ड र चिनियाँ कम्पनी थ्री गर्जेजको सहायक कम्पनी सीडब्ल्यू इन्भेस्टमेन्टका अधिकारीबीच राजधानीमा दुई दिन वार्ता भएको थियो ।

आयोजना निर्माणका विषयमा समझदारी भएको लामो समय भए पनि प्रक्रिया अगाडि बढ्न नसक्दा अन्योलता बढेको थियो । द्विपक्षीय वार्ताका लागि चिनियाँ अधिकारी सोमबार यहाँ आएका थिए ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले आयोजनाबाट थ्रीगर्जेजले हात झिकेको जानकारी दिए ।

नेपाली अधिकारी र चिनियाँ कम्पनीबीच पटकपटक छलफल भए पनि सहमति हुन सकिरहेको थिएन । ६ वर्षपहिले अर्थात् सन् २०१२ मा तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारले सो आयोजना निर्माणका लागि चिनियाँ कम्पनी थ्री गर्जेजसँग समझदारी गरेको थियो ।

समझदारीअनुसार ७५ प्रतिशत लगानी चिनियाँ कम्पनीको र २५ प्रतिशत लगानी नेपाल विद्युत् प्राधिकरणको रहने व्यवस्था छ । संयुक्त कम्पनी स्थापना गर्ने विषयमा गत वर्ष सहमति भए पनि कार्यान्वयन हुन सकेको छैन । दुई पक्षबीच भएको सहमतिलाई बोर्ड र प्राधिकरणले अनुमोदन गरेको छ । बोर्डको केही समयपहिले बसेको बैठकले आयोजनाको सम्बन्धमा चिनियाँ कम्पनीसँग वार्ता गर्ने निर्णय गरेको थियो ।

बुधबार आयोजनाका बारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र प्राधिकरणको उच्च नेतृत्वसँग छलफल चलेको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version