काठमाडौँ: नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा जनार्दन बराल निर्वाचित भएका छन्।

आज भएको निर्वाचनमा बरालले कुल खसेको २ सय ४७ मतमा १ सय १४ मत ल्याए।

उनका प्रतिस्पर्धी आशिष ज्ञावालीले ८० र शिरोमणी ढुंगानाले ४८ मत ल्याए।

उपाध्यक्षमा सुजन ओली, महासचिवमा भागवत भट्टराई, सचिवमा हिमाल पौडेल र कोषाध्यक्षमा लक्ष्मी कुमारी सापकोटाले जित हासिल गरेका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version