काठमाडौँ: काठमाडौंमा आगामी असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय भएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रतिनिधि, नगरशिक्षा समितिका प्रतिनिधि तथा अभिभावक संघका प्रतिनिधिसहितको बैठकले आगामी असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय भएको हो ।
कोरोनाको संक्रमणको अवस्था विश्लेषण नगर शिक्षा समितिले आवश्यक निर्णय लिन सक्नेगरी सोमबारको बैठकबाट निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
उनले भने, ‘कोभिडको जोखिम नभएको ठाउँमा विद्यालय खोल्न सकिन्छ, भएको ठाउँमा खोल्ने कुरा हुँदैन । नगर शिक्षा समितिले यसबारे आवश्यक निर्णय गर्न सक्छ ।’
प्रशासनले असोज १ गतेदेखि विद्यालय खोल्ने औपचारिक निर्णय गरेपनि काठमाडौंका केही स्थानीय तहले भने पठनपाठन समेत थालिसकेका छन् ।
