चितवन: नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफू सभापतिको पदबाट पछि नहट्ने बताएका छन्।

चितवनमा आज पत्रकारसँग कुराकानी गर्दै उनले पार्टीको १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने बताएका हुन्।

उनले भने, ‘हैन म कहाँ ब्याक हुन्छु। म त उठ्ने नै प्रयत्न गर्दैछु।’

महामन्त्री कोइरालाले पार्टीको महाधिवेशनमा संस्थापन इतरको साझा उम्मेदवार समय आएपछि बन्ने भन्दै आफू सभापतिको उम्मेदवारबाट पछि नहटेको बताए।

उनले जिल्लाहरूमा कांग्रेसको अधिवेशन चलिरहेको समयमा कार्यतालिका संशोधन गर्नु बाध्यता रहेको उल्लेख गर्दै क्रियाशील सदस्यता विवाद अझै २१–२२ जिल्लामा कायमै रहेको र यो विवाद मिलाउनका लागि कार्यतालिका संशोधन गरिएको जानकारी दिए।

क्रियाशीलको अन्तिम टुंगो छिट्टै लाग्ने उनले जानकारी दिए।

एक फरक प्रसंगमा महामन्त्री कोइरालाले कम्युनिष्ट उच्छृङ्खल चरित्रका हुन्छन् भन्ने उदाहारण हिजो संसद्मा भएको घटनाले पुष्टि गरेको बताए।

विपक्षीको धर्म विरोध गर्ने भए पनि हिजोको घटनाले संसद्को गरिमामाथि आँच आउने काम भएको बताउँदै उनले भने, ‘उच्छृङ्खल चरित्रले कम्युनिष्ट पार्टीहरू चलिरहेका छन्।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version