काठमाडौँ: नेकपा एमालेले प्रतिनिधिसभा बैठक निरन्तर अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले परामर्श थालेका छन् ।

१५ मिनेट बैठक स्थगित गरेर उनले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, एमाले सांसद खगराज अधिकारी लगायतसँग छलफल गरिरहेका छन् ।

साथमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्की समेत सहभागी छन् । आजको प्रतिनिधिसभा बैठकका लागि १९ वटा कार्यसूची तय गरिएपनि एमालेको अवरोधपछि बैठक अघि बढ्न सकेको छैन ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version