काठमाडौँ: आज (मंगलबार) प्रतिनिधि सभाको बैठक बस्दै छ।

संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ। बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने बैठकका लागि सम्भावित कार्यक्रम बनाइएको छ।

संघीय संसद् सचिवालयका अनुसार अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।

त्यस्तै २०४८ सालमा राष्ट्रिय सभामा मनोनीत सदस्य रुक्मशम्शेर जबराको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

प्रतिपक्षी दल नेकपा एमालेले भने लगातार संसद् बैठक अवरुद्ध गरिरहेको छ।

यसै विषयमा सहमति गर्न भनेर सभामुख अग्नि सापकोटाले सोमबार सर्वदलीय बैठक राखेका थिए। तर एमाले अध्यक्ष केपी शमौ ओली निमन्त्रणा अस्वीकार गर्दै सहभागी भएनन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version