नवलपरासी: नवलपुरको गैंडाकोटमा आज बिहान बस र ट्रक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा २४ जना घाइते भएका प्रहरीले जनाएको छ।

पूर्वपश्चिम राजमार्गमा पर्ने गैंडाकोट नगरपालिका १० मा सुदूरपश्चिम प्रदेश ०२–००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक ठोक्किँदा दुर्घटना भएको हो। आज (मंगलबार) बिहान करिब ४ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

दुर्घटनापछि बस सडकबाट तल खसेको छ। दुर्घटनामा दुईजना महिला र एकजना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी दिलिप कुमार गिरीले जानकारी दिए। मृतकको पहिचान खुल्न बाँकी छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते २४ जनाको नयाँ मेडिकल कलेज भरतपुरमै उपचार भैरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version