मोरङ: प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दुई मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका छन् ।

मुख्यमन्त्री आचार्यले बुधबार आर्थिक मामिला तथा योजनामन्त्रीमा तुलसीप्रसाद न्यौपाने, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा हिरा थापालाई नियुक्त गरेका हुन् ।

यस्तै आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री लिलावल्लभ अधिकारी, भूमि व्यवस्था, कृषि राज्यमन्त्री ज्ञानेश्वर राजववंशी र उद्योग, पर्यटन, वन, वातावरण राज्यमन्त्रीमा उत्तमकुमार बस्नेतलाई नियुक्त दिइएको छ ।

नवनियुक्त मन्त्रीहरुको प्रदेश प्रमुख सोमनाथ अधिकारीबाट शपथग्रहण तयारी भइरहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version