काठमाडौं: ग्लोबल आइएमई बैंक र नेपाल विकास अध्ययन संस्थानबीच लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिहरुहरूलाई सहुलियतपूर्ण कर्जा साथै वित्तीय साक्षरता एवं उद्यमशीलता तालिम उपलब्ध गराउने सहमति भएको छ।

सम्झौता अनुसार संस्थानको सिफारिसमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरु, वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुका आश्रित परिवार, मानव बेचविखनमा परी उद्धार गरिएका लगायत लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिहरुलाई बैंकले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ।

संस्थानले सम्बन्धित स्थानीय सरकारसँग समन्वय गरी कार्यक्रम छनौटका लागि आवेदन माग गरी लक्षित व्यक्तिहरुको सूची बनाउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

संस्थानले छनौट गरेका व्यक्तिहरुलाई उचित अभिमुखीकरण तालिमको व्यवस्था गरि कर्जाको लागि बैंकलाई सिफारिस गर्ने बताइएको छ।समझदारीपत्रमा बैंकका सिइओ रत्नराज बज्राचार्य र संस्थानका कार्यकारी निर्देशक चिरन्ञ्जिीवी बरालले हस्ताक्षर गरे।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version