काठमाडौँ, : नागरिक लगानी कोषको कायम मुकायम कार्यकारी निर्देशकको जिम्मेवारी सुशीलकुमार अर्याललाई दिइएको छ ।
कोष सञ्चालक समितिको हिजो बुधबारको बैठकले अर्याललाई सो जिम्मेवारी दिएको हो । नेपाल व्यवस्थापन सङ्घ (म्यान)को महासचिव भएर लामो समय काम गरिसकेका अर्याल यसअघि कोषकै मुख्य व्यवस्थापक पदमा कार्यरत थिए ।
कोषमा उनी अनुभवी व्यक्तित्वका रुपमा परिचित छन । अर्याल वाणिज्य शास्त्रमा स्नाकोत्तर तथा कानूनमा स्नातक हुन ।
Facebook Comments Box
