काठमाडौँ: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा विहान ११ बजे बैठक बस्नेछ ।

बैठकका लागि संसद सचिवालयले हिजो नै कार्यसूची सार्वजनिक गरिसकेको छ।

आजको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्ने उल्लेख छ ।

तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध जारी राख्दै आएकाले बैठक अघि वढ्ने सम्भावना कम छ ।

सत्तारुढ गठबन्धनका दलहरुले भने आज बजेट निर्णयार्थ प्रस्तुत गर्ने तयारी रहेकाले सबै सांसदलाई उपस्थित हुन ह्वीप जारी गरेका छन्।

प्रतिनिधिसभाको बैठक यसअघि भदौ २९ मा बैठक बसेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version