काठमाडौं: नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राले लगानीकर्तालाई ८.५ प्रतिशत लाभांश दिने भएको छ ।
बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफामध्ये वितरण योग्य मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले हाल कायम रहेको २० अर्ब चुक्ता पूँजीको ८.५ प्रतिशत (कर सहति)ले हुन आउने नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयको स्वीकृति पश्चात तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुने छ।
Facebook Comments Box
