काठमाडौँ: सरकारले कृषि बिकास बैंकको बैंक संचालक समिति सदस्यमा रमेशकुमार के.सीलाई नियुक्त गरको छ ।
नवनियूक्त संचालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत रहनु भएको छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक सदस्य के.सी.लाई बैंक संचालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले सपथ ग्रहण गराउनु भएको थियो ।
उक्त अवसरमा कृषि विकास बैंकका संचालक सदस्यहरु डा. हरि बहादुर के.सी, डा. इन्दिरा श्रेष्ठ (मास्के),संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद कुमार गुरांगाई, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय , बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेत को उपस्थिती रहेको थियो ।
