काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले नागरिकको जीवन रक्षा र हितमा लाग्नु सरकारको दायित्व भएको भन्दै त्यो दायित्व पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।

आज मन्त्रालयमा बसेको चाडपर्व लक्षित बजार अनुगमनसम्बन्धी बैठकमा मन्त्री खाणले चाडपर्वका बेला म्याद गुज्रेका खाद्य सामाग्री र औषधि विक्रि वितरण गरेको पाइएमा कानुन अनुरुप अगाडि बढ्न बाध्य हुने बताउनु भयो । ‘नागरिकको जीवन रक्षा र हितका लागि काम गर्नु राज्यको पहिलो दायित्व हो, त्यो दायित्व पूरा गर्न हामी प्रतिबद्ध छौं,’ मन्त्री खाणले भन्नुभयो, ‘म्याद गुज्रेका औषधि र खाद्य सामाग्री विक्रि वितरण गरेको पाइएमा हामी कानुन अनुरुप अगाडि बढ्नुपर्छ । त्यस विषयमा यहाँहरूले ध्यान दिनुहोला ।’

आपूर्ति व्यवस्थापन, बजार अनुगमन र व्यवस्थापन तथा यातायात व्यवस्थापन एजेण्डा राखेर बोलाइएको बैठकमा उपभोक्ता अधिकारकर्मी, यातायात व्यवसायी, उद्योगी व्यवसायी र सरकारी निकायका र सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको बैठकमा मन्त्री खाणले म्याद गुज्रेका सामाग्री बेच्दा धुमीफिरी आफ्नै भान्सामा आइपुग्नेतर्फ पनि ध्यान दिन आग्रह गर्नुभयो ।

उहाँले चाडपर्वमा अन्य बेलामा भन्दा कम नाफा लिएर धेरै वस्तु सुपथ मूल्यमा बेच्न पनि व्यवसायीहरूलाई आग्रह गर्नुभयो । ‘अन्य बेलामा जस्तै धेरै नाफा नलिई कम नाफा लिएर सुपथ मूल्यमा बेचेर उपभोक्तालाई राहत दिनुस् भन्ने मेरो आग्रह छ,’ मन्त्री खाणले भन्नुभयो, ‘बढी मूल्यमा बेचेको अनुगमनका क्रममा पाइएमा सरकारी निकाय कानुन अनुरुप अगाडि बढ्न पर्छ ।’

व्यवसायी, सरकार र उपभोक्ता मिलेर अगाडि बढ्ेमा मात्र चाडपर्व रमाइलो गरी मनाएर बिद ागर्न सकिने उहाँको भनाइ थियो । मन्त्री खाणले उद्योगी, व्यवसायीलाई कोभिड–१९ विरुद्धको खोपमा प्राथमिकता दिन र यातायात व्यवसायीहरूको मागमा सरकार सकारात्मक रहेको बताउनु भयो । उहाँले सवारी दुर्घटना न्यूनिकरणमा गम्भीर बन्न पनि व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।

उहाँले बर्षातका समयमा बिग्रिएका मुलुकका विभिन्न स्थानका सडक दसैं अगाडि मर्मत गर्न प्रधानमन्त्रीसँग कुरा राखेर पहल गर्ने बताउनु भयो ।

जनताको सुरक्षाका लागि सरकारले आफ्नो दायित्व कुनै पनि अवस्थामा पूरा गर्न प्रतिबद्ध रहेको बताउनु भयो ।

गृहसचिव टेकनारायण पाण्डेले चाडपर्वमा बजार व्यवस्थापनमा त्रिपक्षीय सम्बन्ध जरुरी रहेको बताउनु भयो । उहाँले बजार प्रणालीबाट जनस्वास्थ्यमा खेलवाड गर्न नपाइने भन्दै खेलवाड गर्न नदिन गृहमन्त्रालय प्रतिबद्ध रहेको बताउनु भयो । ‘बजार प्रणालीबाट जनस्वास्थ्यमाथि खेलबाड हुन नदिन गृहमन्त्रालय प्रतिबद्ध छ,’ गृहसचिव पाण्डेले भन्नुभयो,‘खेलवाड भए नभएकोबारे बजार अनुगमन हुन्छ ।’ उहाँले अनुगमनमा मूल्यसूचीजस्तै स्वास्थ्य मापदण्ड पनि हेरिने बताउनु भयो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले चाडपर्वका बेला म्याद सिद्धिएका खाद्य सामाग्री विक्रि वितरण गरेको पाइएमा शक्त कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिएको जानकारी दिनुभयो । ‘हामीले वाणिज्य र गुणस्तर विभागलाई स्पष्ट रूपमा भनेका छौं, चाडपर्वको मौका छोपी नबिकेर म्याद गुज्रिएका सामाग्री निरक्षर उपभोक्ता भएका स्थानसम्म पु¥याएर विक्री हुनसक्छ । त्यस्तो पाइएमा सक्त कारबाही गर्नू,’ उहाँले भन्नुभयो ।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापाले मुख्य चाडपर्वलाई लक्षित गर्दै प्रहरीले विषेश सुरक्षा योजना बनाएको बताउनु भयो ।
बैठकमा उपत्यका टा«फिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराई र यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले दसैंमा सार्वजनिक समारी साधन कसरी सञ्चालन गर्ने भनेर अहिलेसम्म भएका तयारीबारे जानकारी गराउनु भएको थियो ।

प्रवक्ता भुसालले आगामी ११ गतेबाट दसैंलाई टिक विक्रि खुला गर्ने र १४ स्थानमा यात्रु सहायता कक्ष राख्ने निर्णय भएको बताउनु भयो । त्यस्तै बसको टिकट अनलाइनमा काट्ने बनाउन प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।

बैठकमा उपभोक्ताकर्मी, यातायात व्ष्यवसायी, उद्योगीले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version