काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले विविधताको समुचित संरक्षण, सम्वर्द्धन र उपयोगबाट नेपाललाई सुरक्षित भरपर्दाे पर्यटन गन्तव्यका रुपमा विश्वसामु थप स्थापित गर्नु यस क्षेत्रमा लागेका सरोकारवाला सबैको साझा लक्ष्य भएको बताएका छन्।

४२ औँ विश्व पर्यटन दिवसका अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री देउवाले पर्यटकीय गन्तव्यको पहिचान, विकास र प्रबर्द्धनका माध्यमबाट आय तथा रोजगारी सृजना गरी लाभको वितरण स्थानीय समुदायसम्म पुर्‍याउन सके आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन्।

सरकारले आर्थिक वृद्धि र विकासका लागि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रम कार्यान्वयन गर्दै आएको पनि प्रधानमन्त्री देउवाको भनाइ छ।

प्रधानमन्त्री देउवाले नेपालको पर्यटन क्षेत्रको विकास र प्रबर्द्धनमा निजी क्षेत्रको प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै यस क्षेत्रको पूर्वाधार विकास र नयाँ गन्तव्यको पहिचानका लागि सरकार सहुलियत दिन, सहजीकरण र सहकार्य गर्न तयार रहेको बताएका छन्।

अन्तर्राष्ट्रियस्तरमा द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय मञ्चमार्फत् पर्यटन प्रबर्द्धन र सहकार्यका प्रयास पनि हुँदै आएको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version