काठमाडौँ: नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको प्रतिनिधि छनोट प्रक्रियाबारे टुंगो लगाउन स्थायी कमिटीको बैठक बोलाएको छ । पेरिसडाँडास्थित पार्टी मुख्यालयमा सोमबार बिहान बोलाइएको बैठकले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको मापदण्ड तयार पार्नेछ ।

बैठकको एजेण्डाबारे माओवादी नेता नारायणकाजी श्रेष्ठले रातोपाटीसँग भने ‘पार्टीले राष्ट्रिय सम्मेलनको प्रतिनिधित्व प्रणाली लगायत केही टेक्निकल कुराहरु मिलाउनुपर्नेछ, त्यसैका निम्ति बैठक बस्न लागेको हो ।’

नेकपा माओवादी केन्द्रले आगामी पुस ११ गते राष्ट्रिय सम्मेलन गर्ने कार्यसूची यसअघि नै तय गरिसकेको छ । यसका लागि अहिले देशभरि वडा सम्मेलनहरू भइरहेका छन् । असोज ३० गते गाउँपालिका र नगर सम्मेलनहरू गर्ने कार्यसूची तय भए पनि दसैँको बेलामा परेकाले मिति थोरै फेरबदल हुने नेताहरुले बताएका छन् ।

माओवादीले असोज मसान्तसम्म जनवर्गीय संगठन र जातीय मोर्चाहरुको बेला गर्ने भएको छ भने मंसिर १५ गते प्रदेश सम्मेलन गर्ने कार्यतालिका बनाएको छ । त्यसपछि पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने कार्यसूची छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version