काठमाडौँ: मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली छ भने एक/दुई स्थानमा वर्षा भइरहेको छ।

मौसमविद्का अनुसार आंशिक बदली भनेको थोरैजसो आकाशमा बादल लाग्नु र धेरैजसो भागमा नलाग्नु हो भने सामान्य बदली भनेको थोरै मात्र आकाश खुला रहनु अर्थात् धेरैजसो आकाश बादलले ढाक्नु हो।

मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो (भन्नाले बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्मको अवधि बुझ्नुपर्छ) मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस्तै राति (भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको अवधिलाई बुझ्नुपर्छ) मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version