काठमाडौँ:
आफ्ना पोल, अप्टिकल फाइबरलगायत संरचना प्रयोग गरेर भाडा नतिरेका इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकहरूको लाइन नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) देखि काट्ने भएको छ।

बक्यौता बुझाउन र सम्झौता नवीकरण गर्न दिइएको समयसीमा (शुक्रबार) समेत गुजारेपछि प्राधिकरणले त्यस्ता सेवा प्रदायकहरूविरुद्ध कारबाही थाल्ने भएको हो।

प्राधिकरणको ग्राहक तथा वितरण सेवा निर्देशनालयका अनुसार आजदेखि इन्टेरनेट, टेलिफोन र केबल टेलिभिजनको लाइन काटिनेछ। तर मुख्य लाइन काट्दा धेरै उपभोक्तालाई असर पर्ने भएकाले सांकेतिक रूपमा एक्सटेन्सन लाइन काटिने निर्देशनालयले जनाएको छ।

सेवा प्रदायकहरूले बक्यौता भाडा नतिर्नाका साथै गत चैतदेखि पोल प्रयोगको सम्झौता नवीकरण पनि नगरेको प्राधिकरणले जनाएको छ।

बक्यौता बुझाउन र सम्झौता नवीकरण गर्न पटक–पटक सूचना जारी गर्दा सुनुवाइ नगरेको प्राधिकरणले जनाएको छ।

उता सेवा प्रदायक कम्पनीहरूले भने यसविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन्। बिहीबार काठमाडौंमा उनीहरूले भेला गरी संघर्ष समिति गठन गरेका हुन्। साथै सेवा प्रदायक कम्पनीका छाता संस्थाहरूले त्यही दिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई ज्ञापनपत्र बुझाएका छन्।

ऊर्जामन्त्री भुसालले यस विषयमा समाधान खोजिने आश्वासन व्यवसायीलाई दिएकी थिइन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version