काठमाडौँ:
नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा पन्चा सिंह बनाउने पार्टी अध्यक्ष प्रचण्डले निर्णय लिएका छन्।
सो नाम खुमलटारबाट बन्दसत्र चलिरहेको प्रज्ञा भवन पठाइएको स्रोतले जनाएको छ। जनार्दन शर्मा निकट सिंह क्रान्तिकारीको पहिलो महिला अध्यक्ष पनि हुन्। २२ औं राष्ट्रिय अधिवेशनमा रहेका ९ आंकाक्षीलाइ पराजित गर्दै उन्लाइ अध्यक्ष बनाउने निर्णय भएको हो।
१४ गतेदेखि सुरु सम्मेलन आज सकिदै छ । सिह लगायतको पदाधिकारीको नाम अहिले १२ बजे हुने बन्दसत्रमा पेस हुँदैछ।
‘पन्चा सिंहलाई अध्यक्ष बनाउने निर्णय पार्टी अध्यक्ष प्रचण्डले लिनुभएको छ, स्रोतले भन्यो, अन्य पदाधिकारीको निर्णय पनि भएको छ, अब १२ बजेदेखि सुरु हुने बन्द सत्रमा पेश हुनेछ ।’ सुरेन्द्र बस्नेत उनको प्रमुख प्रतिस्पर्धी थिए ।
