काठमाडौँ: नेकपा एमालेले आफ्नाे आधिकारिक लाेगाे फेरेकाे छ । ललितपुरकाे गाेदावरीमा जारी प्रथम विधान महाधिवेशनले नयाँ लाेगाे पारित गरेकाे हाे ।

उपमहासचिव विष्णुप्रसाद पाैडेलले विधान संसाेधन प्रस्तावमाथि जवाफ दिने क्रममा एमालेकाे नयाँ लाेगाे प्रस्ताव गरेका हुन् । एमालेकाे अवकाे लाेगाे सूर्यभित्र राताे पृष्ठभूमिमा सुनाैलाे हँसिया हथौडा रहनेछ । महाधिवेशनका प्रतिनिधिहरूले साे लाेगाे ताली बजाएर पारित गरेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version