काठमाडौँ:
सर्वोच्च अदालत भोलिदेखि बन्द हुने भएको छ। वडा दसैंको अवसर पारेर कात्तिक ३ गते कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने भएको हो।

अदालतका उप-रजिष्ट्रार देवेन्द्र ढकालले बुधबार एक विज्ञप्ति जारी गर्दै अदालत बन्द हुने जानकारी दिएका हुन्।

विज्ञप्तिअनुसार घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहने छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version