इस्लामावाद: पाकिस्तानमा बिहीबार बिहान भूकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार बिहान ३ बजेतिर दक्षिणी पाकिस्तानको बलोचस्तानमा ५.७ म्याग्नेच्युडको भूकम्प गएको थियो।

समाचार संस्था एएफपीसँग कुरा गर्दै प्रान्तका उच्च अधिकारी सुवाहिल अन्वार हास्मीले एक बच्चा र ६ जना महिलासहित २० जनाको मृत्यु भएको जानकारी दिएका छन्। भूकम्पले केही घर भत्किँदा उनीहरूको मृत्यु भएको हो।

भूकम्पबाट सबैभन्दा धेरै हारनाई सहर प्रभावित भएको बताइएको छ। भूकम्पको केन्द्रबिन्दु पनि त्यहीँ थियो। केन्द्रबिन्दुदेखि १७० किलोमिटर टाढा रहेको प्रान्तीय राजधानी क्वेटासम्म पनि भूकम्पको धक्का महशुस गरिएको थियो।

पाकिस्तानी अधिकारीहरूले उद्धारको काम भइरहेको जनाएका छन्। एजेन्सी

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version