काठमाडौँ:

भारतले भुक्तानी लिएको सात महिनापछि बल्ल कोरोना भाइरसविरुद्धको १० लाख डोज कोभिशिल्ड खोप नेपाल पठाएको छ।

 

सरकारले गएको फागुनमै अग्रिम रकम बुझाएको खोप भारतले शनिबार मात्रै नेपाल पठाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 

गएको फागुनमा सरकारले भारतको सेरम इन्स्टिच्युटलाई २० लाख डोज खोपका लागि अग्रिम भुक्तानी गरेको थियो। जसमध्ये १० लाख डोज खोप त्यतिबेलै आएपनि १० लाख डोज भने ७ महिनापछि मात्रै नेपाल आइपुगेको हो। भारतले समयमै खोप नदिँदा पहिलो डोज खोप लगाएका लाखौँ नागरिकले अझै दोस्रो डोज लगाउन पाएका छैनन्।

 

एस्ट्राजेनेकाको पहिलो मात्रा खोप लगाएका व्यक्तिहरुलाई अब केही दिनपछि नै कोभिशिल्डको खोप दिने तयारी स्वास्थ्य मन्त्रालयले गरेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version