काठमाडौँ:
हिन्दी फिल्म छायाङ्कनका लागि अमिताभ बच्चन नेपाल आउने भएका छन्।

बलिउड फिल्म ‘उचाइ’ को सुटिङका लागि अमिताभ नेपाल आउन लागेका हुन्।

उक्त फिल्म सुटिङका लागि अनुपम खेर, बोमन इरानी र परिणीति चोपडा अघिल्लै हप्ता नेपाल आएका छन्। नेपाल आएर उनीहरु हेलिकप्टरमा नाम्चे पुगेका छन्।

अनुपम खेरले नेपाल आएको भोलिपल्टै काठमाडौंमा पशुपतिनाथ मन्दिरको दर्शन गरेका थिए। अहिले नाम्चे पुगेर उनले नेपाल अति नै सुन्दर रहेको बताएका छन्। उनले आफूले अहिले देखिरहेको नेपाली भूभाग अभूतपूर्व रहेको समेत उल्लेख गरेका छन्।

उचाइको सुटिङ लुक्ला,लाङटाङ, मनाङ,मुस्ताङलगायत अधिकांश उच्च हिमाली भूभागमा हुने बताइएको छ। फिल्मका निर्देशक सुरज बडजात्या हुन् भने फिल्म सुटिङका लागि अमिताभ बच्चन र डेनी डेनजोङ्पा समेत नेपाल आउने जनाइएको छ।

उनीहरू झण्डै डेढ महिना नेपालमा बस्नेछन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version