काठमाडौँ: पछिल्लो २४ घण्टामा नेपालमा ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार १४० पीसीआर परीक्षणमा ९५७ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको हो ।

यो सँगै पीसीआर परीक्षणबाट कोरोना पोजिटिभ देखिनेको संख्या ८ लाख ६५ हजार १७ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या ११ हजार ८१५ जना रहेको छ ।

१ हजार ७७६ एन्टिजेन परीक्षणमा १३९ मा कोरोना देखिएको छ । पीसीआर र एन्टिजेन विधिद्वारा गरिएको ९ हजार ९१६ परीक्षणमा १ हजार ९६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

२४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १ हजार ४ रहेको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ७ लाख ८३ हजार ३९७ पुगेको छ । २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ३०५ पुगेको छ ।

२४ घण्टामा खोप लगाउनेको संख्या १ लाख ६३ हजार २६ रहेको छ । पीसीआर परीक्षणको संख्या भने ४३ लाख ३६ हजार ६१८ पुगेको छ भने क्वारेन्टाइनमा रहनेको संख्या २२८ छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version