काठमाडौँ: १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) चौथो सम्मेलन आज सम्पन्न भएको छ ।
समापन समारोहमा विद्युत लाइन प्रसारणको अन्तरदेशीय मार्ग (बिम्स्टेक ग्रीड इन्टरकनेक्सन) सहमति पत्र हस्ताक्षर भएको छ । यो सम्झौताले बिमस्टेकका सदस्य देशहरूबीच उर्जा आदानप्रदानको बाटो खोल्नेछ ।
आजनै प्रधानमन्त्री केपी ओलीले श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेनालाई बिम्स्टेकको अध्यक्षता हस्तान्तरण पनि गरेका छन् ।
पाँचौ शिखर सम्मेलन श्रीलंकाले आयोजना गर्नेछ ।
Facebook Comments Box
