काठमाडौँ: नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ।

ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहीबार अपरान्ह ३ बजे बैठक बस्ने भएको हो। एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले स्थायी कमिटी बैठक बोलाइएको बताए।

एमालेको विधान महाधिवेशनको समीक्षा तथा वडा र स्थानीय तहको अधिवेशनलगायत एजेन्डामा छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको छ।

राष्ट्रिय महाधिवेशनको विषय प्रवेश र हालैको अविरल वर्षाले भएका जनधनको क्षतिका सम्बन्धमा छलफल गर्ने पनि एजेन्डा छन्।

एमालेले कात्तिक ६ गते देशैभर वडा अधिवेशन गर्ने र कात्तिक ९ गते पालिका अधिवेशन गर्ने बताएको छ। एमालेको राष्ट्रिय महाविधेशन मंसिर १० देखि १३ गतेसम्म हुनेछ। महाधिवेशन कहाँ गर्ने भन्नेबारे पनि आज छलफल हुनेछ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version