काठमाडौँ: थाइल्याण्डमा हुन लागेको कार्यक्रममा भाग लिन जान लाग्दा गैरकानूनीरुपमा विमानस्थलबाट फर्काइएको उल्लेख गर्दै तत्कालीन माओवादीका बालसेना लेनिन विष्टले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ ।

गृहमन्त्रालय र विमानस्थल अध्यागमन विभागलगायतलाई विपक्षी बनाई आज विष्टले दायर गरेको रिट निवेदनमा थाइल्याण्डमा हुन लागेको कार्यक्रममा जाँदा आफूलाई कानून विपरीत जानबाट रोक लगाएको उल्लेख छ ।
विष्टमाथि पूर्व बाललडाकू सङ्गठनको पैसा हिनामिना गर्नुका साथै अरुको नाममा आएको पत्रमा आफैँ विदेश जान लागेको आरोप छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version