काठमाडौँ: बितेका २४ घण्टामा देशभर ५५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८७७ जना संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा रहेका स्वास्थ्य संस्था र प्रयोगशालामा सात हजार ६२५ जनाको परीक्षण गर्दा ५५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

छ हजार ६१ जनाको ‘पीसीआर’ परीक्षण गर्दा ५२२ र एक हजार ५६४ जनाको ‘एन्टिजेन’ विधिबाट परीक्षण गर्दा ३५ जना संक्रमित भेटिएका हुन्।

देशभर १० हजार २०१ जना सक्रिय संक्रमित रहेका, २२० जना क्वारेन्टिनमा रहेका तथा पछिल्लो २४ घण्टामा देशभर सात हजार ५७६ जनाले कोरोनाविरुद्धको खोप लगाएका उक्त मन्त्रालयले जनाएको छ।

सोही अवधिमा तीनजना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३४८ पुगेको छ। आइतबारसम्मको तथ्यांकअनुसार आठ लाख नौ हजार ५६ जना संक्रमित भएका छन् भने सात लाख ८७ हजार ५०७ जना संक्रमणमुक्त भएका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version