काठमाडौँ: साताको पहिलो कारोबार दिन बढेर बन्द भएको नेप्सेले दोस्रो कारोबार दिन पनि सोही गतिलाई निरन्तरता दिएको छ। अर्थात, यस दिन पनि नेप्से परिसूचक बढेर बन्द भएको छ।

सोमबार नेप्से परिसूचक ८७.६३ अंक बढेर २६७२.२५ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १३.६१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ६.२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.७२ अंक बढेको छ।

नेप्सेको वृद्धिलाई यस दिन भोल्यूमले पनि साथ दिएको छ। यस दिन नेप्सेमा २२९ कम्पनीको ५३ हजार ७९२ पटकको कारोबारमा ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार रुपैयाँ बराबरको ८३ लाख ९५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन नेप्सेको भोल्यूमले २० दिने औषत भोल्यूमलाई तोडेको छ। नेप्सेको पछिल्लो २० दिने औषत भोल्यूम ४ अर्ब ९ करोड रुपैयाँ रहेको छ। भोल्यूमसहित नेप्से बढेपछि लगानीकर्ताहरु उत्साहित भएका छन्।

नेप्से उच्च अंकले बढेसँगै यस दिन १७ कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको छ। यस दिन १० प्रतिशत बढ्ने कम्पनीहरुमा अधिकांश जलविद्युत कम्पनी रहेका छन्। यस दिन कारोबारमा आएका २२९ कम्पनीमध्ये १० कम्पनीको मात्र मूल्य घटेको छ। जसमध्ये अधिकांश ऋणपत्र रहेका छन्।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ७.८१ बढेको छ। त्यसैगरी, यस दिन जलविद्युत उपसमूहको परिसूचक ७.५७ प्रतिशत, विकास बैंकको ६.५ प्रतिशत, लगानीको ४.२२ प्रतिशत, निर्जीवन बीमाको ४.०६ प्रतिशत र जीवन बीमाको ३.७३ प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, अन्य र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन १६ करोड २५ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अपि पावर, सिद्धार्थ बैंक, नेशनल हाइड्रोपावर, नबिल बैंक, मेरो माइक्रोफाइनान्स, नेपाल बैंक, अरुण भ्याली हाइड्रोपावर र युनाइटेड मोदीको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version