काठमाडौँ: दसौं राष्ट्रिय महाधिवेशनअन्तर्गत नेकपा एमालेले आज (मंगलबार) देशभर पालिका (गाउँ/नगर) अधिवेशन गर्दै छ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार आज एकसाथ देशभरका स्थानीय तहमा अधिवेशन गरिने भएको हो। अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दिउँसो १ बजे माइतिघरस्थित पार्टी केन्द्रीय कार्यालयबाट पालिका अधिवेशनको भर्चुअल उद्घाटन गर्ने कार्यक्रम छ।

यसअघि शनिबार एमालेले देशभर एकसाथ वडा अधिवेशन सम्पन्न गरेको छ। बेमौसमी वर्षाका कारण बाढी र पहिरोले गर्दा केही वडामा भने अधिवेशन गर्न बाँकी छ। तिनमा क्रमश: यही कात्तिक १५ गतेभित्र वडा अधिवेशन सम्पन्न गरिने कार्यालय सचिव तामाङले जानकारी दिएका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version