मोरङ:
सुदूरपश्चिम प्रदेशमा वडा सम्मेलन नभएको अभिव्यक्तिलाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलसँग जवाफ माग्ने बताएका छन्।

विराटनगरमा प्रेस चौतारी मोरङले मंगलबार गरेको पत्रकार सम्मेलनका क्रममा ओलीले रावलसँग जवाफ माग गर्ने बताएका हुन्।

उपाध्यक्ष रावलले केही दिनअघि सुदूरपश्चिमका कुनै जिल्लामा वडा अधिवेशन नभएको जिकिर गरेका थिए। ‘एक दुईजनाले के भन्छन् त्यसको कुनै मतलब भएन’, पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘उहाँ (भीम रावल)ले किन त्यस्तो भन्नुभयो? म सोध्छु, जवाफ माग्छु।’

फरक प्रसंगमा ओलीले अहिलेको संसद्ले पनि कुनै काम गर्न नसकेको जिकिर गरे।

‘हामी सरकारमा छँदा एकजना सांसद उभिँदैमा व्यवधान खडा भएकाले संसद स्थगित हुन्थ्यो,’ओलीले भने, ‘अहिले एमाले जस्तो देशको सबैभन्दा ठूलो प्रमुख प्रतिपक्षीले विरोध गर्दा जस्केलाबाट हामफालेर, झ्यालबाट हामफालेर, करिडोरबाट छिरेर, पछाडिबाट छिरेर, झ्यालबाट पसेर मन्त्री आएर तमासा गरिँदैछ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version