काठमाडौँ: मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार हाल देशको पहाडी तथा हिमाली भेगमा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।

प्रकाशित मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशको पहाडी भेगमा आंशिकदेखि सामान्यसम्म बदली र तराई क्षेत्रमा मौसम सामान्यतया सफादेखि आंशिक बदलीसम्म रहनेछ।

बुलेटिनमा अगाडि भनिएको छ : देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना, साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना छ।

यस्तै राति देशको पहाडी भेगमा आंशिकदेखि सामान्यसम्म बदली र तराई क्षेत्रत्रमा मौसम सामान्यतया सफादेखि आंशिक बदलीसम्म रहने जानकारी महाशाखाले दिएको छ।

महाशाखाको बुलेटिनमा अगाडि भनिएको छ : देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना, साथै उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ : देशका थोरै स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेकाले उक्त क्षेत्रका बासिन्दाले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सामान्य सावधानी अपनाउन हुन अनुरोध छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version