काठमाडौँ: बिहीबार छापावाला सुनको मूल्यमा ४०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबारको तुलनामा आज बिहीबार सुन तोलामा ४०० रुपैयाँले वृद्धि हुँदै ९२ हजार ४०० रुपैयाँ पुगेको हो ।

गत बुधबार सुन तोलामा अधिकतम ६०० रुपैयाँले सस्तिँदै ९२ हजार रुपैयाँमा झरेको थियो । यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा ४०० रुपैयाँले नै वृद्धि हुँदै ९१ हजार ९०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । तर, यता चाँदीको मूल्य भने गत बुधबार कै मूल्य कायम हुँदै आज प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version