काठमाडौँ: करिब ६ महिनापछि खुलेको सवारी चालक अनुमतिपत्र आवेदन पुनः बन्द भएको छ।

कोभिड १९ महामारीको कारण वैशाख १६ देखि बन्द भएको सेवा यही कात्तिक ९ गतेबाट सुरु भएको थियो।

यातायात व्यवस्था विभागले अनलाइन आवेदन प्रणालीमा केही प्राविधिक समस्या देखिएकोले बन्द भएको जनाएको छ।

‘प्रणालीमा केही प्राविधिक समस्या देखिएको हुनाले मर्मतका लागि बन्द गरिएको छ’, विभागले सूचना जारी गर्दै भनेको छ, ‘प्रणाली मर्मतको कार्य भइरहेकोले छ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version