काठमाडौँ: नेकपा एमालेले मंसिरमा हुन लागेको दशौँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या बढाएको छ।

बिहीबार बसेको स्थायी कमिटी बैठकले १५ सय ३६ जना महाधिवेशन प्रतिनिधि सहभागी गराउने निर्णय लिएको थियो।

तर शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले त्यो संख्या ४ सयले बढाएर १९ सय ९९ कायम गरेको हो।

एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले बढेको ४ सय प्रतिनिधि भूगोलबाट आउने जानकारी दिएका छन्।

‘आजको बैठकमा प्रतिनिधित्व बढाउन सुझाव आएको थियो। त्यही सुझाव अनुसार अब प्रतिनिधिको संख्या १९९९ हुनेछ’, ज्ञवालीले भने, ‘महाधिवेशन प्रतिनिधिको संख्या करिब ४ सय निर्णय भएको छ।’

एमाले महाधिवेशन मूल व्यवस्थापन समितिमा पनि दुईजना नेतालाई थपेर २३ सदस्यीय बनाएको छ।

रामबहादुर थापा बादल नेतृत्वको व्यवस्थापन समितिमा स्थायी कमिटी सदस्य रघुजी पन्त र केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई थपिएको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version