काठमाडौँ: मंगलबार ४६९ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपटेड अनुसार सात हजार ११५ पीसीआर परीक्षणमध्ये ४२२ जनामा र तीन हजार १७२ एन्टिजेन परीक्षणमध्ये ४७ जनामा संक्रमण पाइएको हो ।
आज थपिएका संक्रमितमध्ये काठमाडौंका ९९ जना, ललितपुरका ३६ जना र भक्तपुरका ५ जना छन्। यसरी मंगलबार उपत्यकाका १४० जना कोभिड १९ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लाे एक दिनमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ रहेको छ । सोहि अवधिमा कोरोना निको भएर डिस्चार्ज हुने ५५५ जना छन् । हाल देशभरमा ९ हजार १७४ जना सक्रिय संक्रमित छन् ।
Facebook Comments Box
