काठमाडौं, कार्तिक १७: चीनले नेपाललाई १६ लाख डाेज साइनाेफार्म खाेप सहयाेग गरेकाे छ । स्वास्थ्य मन्त्रालयमा बुधबार चिनियाँ राजदूत हाेउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विराेध खतिवडालाई उक्त परिमाणको खोप हस्तान्तरण गरेकी हुन्।

चीनबाट हालसम्म पटक-पटक गरी ३४ लाख डाेज खाेप अनुदानमा आएकाे छ भने काेभ्याक्स कस्ट सेयरिङ अन्तर्गत ५९ लाख डाेज खरिद गरेकाे छ । जसमध्ये १० लाख २० हजार डाेज खाेप आइसकेकाे छ भने अरूआउने प्रक्रियामा रहेकाे स्वास्थ सचिव राेशन पाेखरेलले जानकारी गराए ।

त्यसैगरी काेभ्याक्स कस्ट सेयरिङ अन्तर्गत अन्य खाेप खरीद गर्न काेभ्याक्सलाई आवेदन दिएकाे स्वास्थ्यमन्त्री खतिवडाले बताए।

राजदूत यान्छीले चीनकाे खाेप सहयाेगले महामारी नियन्त्रणमा सहयाेगी हुने समेत बताइन्।

स्वास्थ सचिव राेशन पाेखरेल चीनले नेपालकाे महामारी नियन्त्रणमा सहयाेग गरेकाले धन्यवाद दिँदै अन्य सहयाेग प्राप्त गर्नेमा आशाबादी रहेकाे बताए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version