काठमाडौँ: रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव यास सी चारदिने भ्रमणका क्रममा सोमबार नेपाल आउँदै छन् ।

महासङ्घमा विश्वका १९० देशका राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी आबद्ध छन् । नेपालमा विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि महासङ्घले अन्तर्राष्ट्रिय क्षेत्रबाट मानवीय सहायता एवं सेवा जुटाउन आह्वान गरेको थियो ।

आह्वानसँगै महासचिव सीवले नेपाल भ्रमण गरी भूकम्पछिको रेडक्रसकर्मीले गरेका खोज, उद्धार तथा राहत तथा पुनःस्थापनाका बारेमा जानकारी लिएका थिए ।
नेपाल रेडक्रस सोसाइटीको निमन्त्रणामा आउन लाग्नुभएका सीले विशेष गरी विसं २०७२ का वैशाख महिनाको विनाशकारी भूकम्पछि सोसाइटीले गरेका मानवीय सेवा एवं अन्य विविध कार्यक्रमको बारेमा जानकारी लिनेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसित महासचिव सीले द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम छ । साथै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उच्च सरकारी अधिकृत, यहाँस्थित संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधिलगायत नेपाल रेडक्रसका उच्च नेतृत्वसंग महासचिव सीले द्विपक्षीय भेटघाट तथा छलफल गर्नुहुने कार्यक्रम रहेको नेपाल रेडक्रसका सञ्चार विभाग प्रमुख दिब्यराज पौडेलले जानकारी दिए ।

सेनेगलका नागरिक महासचिव सी मानवीय सेवा र विकासको क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्व हुन् । सञ्चार विभाग प्रमुख पौडेलकाअनुसार सीले आफ्नो भ्रमणका क्रममा सिन्धुलीमा भूकम्पपछि भएका पुनःनिर्माणका गतिविधि बारेमा स्थलगत रुप मा अवलोकन, नेपाल रेडक्रसको स्थापनाको ५६ आँै स्थापना दिवस तथा अन्य कार्यक्रममा सहभागी हुने जनाइएको छ । भूकम्पपछि नेपाल रेडक्रसले भूकम्प अतिप्रभावित १४ जिल्लामा आवास पुनःनिर्माण, सरसफाइ तथा खानेपानी, आयआर्जनलगायत क्षेत्रमा सहयोग गरिराखेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version