काठमाडौं: सर्बोच्च अदालतको अन्तरिम आदेशपछि गृहमन्त्रालयले बाजेको सेकुवामा गरेको शिलबन्दी खोलेको छ ।

सोमबार गृहमन्त्रालयका प्रतिनिधिले काठमाडौंमा रहेको बाजेको सेकुवाको आउटलेटमा लगाएको सिल खोलेसंगै आजबाट रेस्टुरा संचालनमा आएको हो ।

साढे २ महिना सरकारले बन्द गरेपछि अदालतको आदेशमा बाजेको सेकुवा संचालनमा आएको हो ।

बाजेको सेकुवाका प्रमुख लगानीकर्ता चेतनाथ भण्डारी सुन तस्करीमा संलग्न रहेको आरोपपछि सरकारले बाजेको सेकुवामा सिलबन्दी गरेको थियो । फ्रेन्चाइज शाखालाई बाजेको नामबाट संचालन नगर्न आदेश दिएको थियो ।

सरकारले सिल गरेको विरोधमा बाजेको सेकुवाकी लगानीकर्ता नितिमा कार्कीले सर्बोच्चमा रिट दायर गरेकी थिएन् । सर्बोच्चले बन्द रहेका बाजेको सेकुवाका आउटलेट खोल्न अन्तरिम आदेश दिएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version