काठमाडौँ: मलेसियामा जारी एशिया कप क्रिकेट छनोट खेलमा आज नेपाल हङकङसामु तीन विकेटले पराजित भएको छ। यस पराजयसंगै नेपाल एशिया कप छनोट चरणबाट बाहिरिएको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल हङकङसामु ९५ रनमै अल आउट हुँदा ९६ रनको चुनौती हङकङले ३२.३ ओभरमा ७ विकेट गुमाउंदै भेटाएको हो ।

आजको खेलमा नेपालका सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए भने सोमपाल कामी र सगर पुनले एक एक विकेट लिए ।
हङकङका लागि सर्वाधिक अन्शुमनरथले ८२ बलमा ५२ रनको योगदान दिंदा टोलिलाई जितको बाटो तर्फ डोराएको हो ।

आजको खेल मलेसियाको बायुमास ओभल क्रिकेट ग्राउण्डमा खेलाइएको छ । नेपालका कप्तान पारस खड्काले लिएको निर्णय आज गलत सावित हुन पुग्दा नेपालको हार निश्चित भएको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version