कञ्चनपुर: कञ्चनपुर प्रहरीले निर्मला हत्याकाण्डमा तत्कालिन एसपी दिल्लीराज विष्टका छोरा र भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टका भतिजा घटनामा संलग्नता नरहेको जनाएको छ ।

बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख कुँवेर सिह कडायतले आफ्नै कार्यकक्षमा संचारकर्मीसंग घटना बारे कुराकानी गर्र्दै एसपी विष्टका छोरा किरण र मेयर विष्टका भतिजा आयुसको संलग्नता नरहेको अनुसन्धानले देखाएको बताए ।

निर्मला हत्याकाण्डमा केही अनलाईन र समाजिक सञ्जाल फेसबुकमा तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख दिल्लीराज विष्टका छोरा किरण विष्ट र भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको नाम आएको विषयमा एसपी कडायतले उनीहरु दुवैमाथी पनि सुक्ष्म अनुसन्धान भईरहेको बताए । उनीहरु दुवैमाथी विभिन्न कोणबाट अनुसन्धान भईसकेको बताउदै अहिलेसम्मको अध्ययनमा थुनिहाल्नुपर्ने अवस्था नदेखिएको बताए ।

‘हामीले विभिन्न तरिकाले उनीहरुलाई सोधपुछ गर्ने देखि लिएर उनीहरुको सम्पर्कमा भएकादेखि लिएर हरेकसंगको कनेक्टिभिटिको सबैको अध्ययन भईरहेको छ, ‘एसपी कडायतले भने, ‘उनीहरु दोषि निर्दोष भनेर अहिले प्रमाणित गर्ने छैन्, अहिलेसम्मको अनुसन्धान हेर्दा उनीहरुलाई अनुसन्धानको दायरा भित्र राखेर अथवा नियन्त्रणमा लिएर अनुसन्धान गर्ने परिस्थिति छैन् ।’ एसपी कडायतले अहिलेसम्मको प्रमाण एवं घटनाक्रमबाट ति दुई विष्ट युवक घटनामा संलग्न नभएको बताए ।

फलानोको छोरा र अलानोको भतिजा भन्दा पनि प्रहरीले व्यक्ति केन्द्रीत अनुसन्धान थाल्ने उनले बताए । घटनासंग सम्बन्धीत सबैमाथी सुक्ष्म ढङ्गबाट अनुसन्धान भईरहेको उनले बताए । ‘यो दौड होईन, अनुसन्धान प्रकृया हो, ‘उनले भने, ‘कहिलेकाही नजिक नजिक पुग्दा, अर्को बाटो अवलम्बन गर्नुपर्छ ।’ कञ्चनपुर प्रहरीले आदालतबाट दोषि प्रमाणित नहुन्जेलसम्म कसैको चरित्र हत्या नगर्ने समेत अनुरोध गरेको छ ।

भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको झण्डै डेढ महिना पुग्दैछ । निर्मलाको बलात्कारपछि हत्या भएको ४२ दिन पुगिसक्दा पनि प्रहरीले वास्तविक हत्यारा सार्वजनिक गरेको छैन् ।
प्रहरीले हत्यामा संलग्न भएको आरोपमा भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ बर्षिय दिलिप सिह विष्टलाई ४ भदौँ सार्वजनिक गरेको थियो ।

१० बर्ष अघि आफ्नै भिनाजुको हत्या गरेका दिलिप मानसिक सन्तुलन गुमाएका व्यक्ति भएकाले घटना उसले नगरेको दावि गर्दै स्थानीय आन्दोलनमा उत्रेका थिए ।

अहिले दिलिपको मानसिक अवस्था ठिक भए नभएको प्रमाणितका लागि प्रहरीले त्रिबि शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौँ पठाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख कुँवेर कडायतले निर्मला हत्याका अपराधी कुनैपनि हालतमा उन्मुक्ति नपाउने दावि गर्नुभयो ।

‘हत्यारा कुनैपनि हालतमा उम्किन पाउँदैन्, ‘उनले भने, ‘घटना दिनदाहडै भएको छ, हामी प्रमाण संकलन गर्दैछौँ ।’ घटनाको सुक्ष्म अनुसन्धान भईरहेको बताउदै उनले यस अघिको अनुसन्धान अध्ययन र पृष्ठपोषण ग्रहण गर्दै कञ्चनपुर प्रहरीले सुक्ष्म ढङ्गले गहिरो अनुसन्धान गरिरहेको बताए ।

अनुसन्धानमा जनताको सहयोग अपरिहार्य रहेको बताउदै उहाँले जनताको साथ समर्थन निरन्तर हुनुपर्नेमा जोड दिए । ‘हामीलाई स्थानीयले सहयोग गर्नुपर्छ, ‘उनले भने, ‘अहिले प्रहरीले जनताको विश्वास जितेको छ ।’ अपराधी पत्ता लाग्ने उहाँले विश्वास व्यक्त गर्दै जनताले दरिलो साथ दिनुपर्ने बताए ।

‘यो भन्दा ठुल ठुला घटनामा प्रहरीले गरेको अनुसन्धान सफल भएको छ, ‘उहाँले भन्नुभयो, ‘एसियामा नेपाल प्रहरी अनुसन्धानमा अघि नै छ ।’ अनुसन्धानका सिलसिलामै लागेको बताउदै सफल पार्नका लागि जनताको सहयोग हुनुपर्नेमा जोडदिनुभयो । निर्मला हत्याकाण्ड चाँडै निष्कर्षमा पु¥याउने उनको दावि छ । घटनाको थप अनुसन्धान गर्नका लागि सिआईबीका एसएसपी ठाकुर प्रशाद ज्ञवाली नेतृत्वको टोलीले अनुसन्धान थालेको छ ।

अपराधी कुनैपनि हालतमा नउम्किने बताउदै ढिला हुनसक्ने तर, वास्तविक हत्यारा सार्वजनिक गरिने बताए । गत १० साउन साथी रोशनी बमको घर गएकी निर्मलाको ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो । सरकारले निर्मला हत्याकाण्ड छानबिनका लागि उच्चस्तरिय छानबिन समिति, सिआईबीको नयाँ टिम र प्रहरी प्रशासनको नेतृत्व परिर्वतन गरेको छ । सिआईबी, उच्च स्तरिय छानबिन समिति र कञ्चनपुर प्रहरीले युद्ध स्तरमा घटनाको चौतर्फिकोणबाट अनुसन्धान भईरहेको जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version