काठमाडौं : बजाज थ्रि ह्वीलर्सको आधिकारीक वितरक हशंराज हुलाशचन्द एण्ड कम्पनीले दशै, तिहार र छठको बिशेष योजना ‘बजाज आरइसँग खुसियाली’ नामक क्याम्पेन सार्वजनिक गरेको छ । यो योजनाको ट्यागलाइन ‘आइ ले दिन्छ टि भी उपहार, मनाउदै खुसी स —परिवार’ रहेको छ ।

यो योजना अन्तर्गत बजाज आरइेमार्फत खुसी मिल्नेछ तथा ट्याग लाइन अनुसार बजाज आरइका ग्राहकहरुले फ्रिमा हिमस्टारको ३२ इन्च टेलिभिजन प्राप्त गर्ने छन् र परिवारसँग मिलेर खुसीका साथ पर्व मनाउनेछन् भन्ने संदेश दिएको छ ।

हशंराज हुलाशचन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘नेपालीहरुले मनाउने ठुला पर्वहरु आउँदै छन् र यस्ता चाडृपर्वले मानिसमा उत्साह, उमंग, जुनुन तथा आशा लिएर आएको हुन्छ ।

यो समय भनेको रमाइलो गर्ने सम्भावना र खुसी खोज्ने प्रयास पनि हो । हामी आफ्ना अमुल्य ग्राहकहरु माझ सबैमा खुसी ल्याउने यस्तो योजना ल्याउन पाउँदा अत्यन्तै खुसी छौ । हामी हाम्रा ग्राहक वर्गमा यो रमाइलो क्षणमा उत्कृष्ट उत्पादन प्रदान गर्नुका साथै उत्कृष्ट योजनाहरु पनि प्रदान गर्ने छौ । हामीलाइ बिश्वास छ हाम्रा बजाज आरइका ग्राहकहरु ३२ इन्चको हिमस्टार टिभि फ्रि पाउँदा खुसी हुने छन् साथै यो अफरले उनीहरुको परिवारमा समेत पर्वको उत्साह छाउनेछ ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version