काठमाडौँ: प्राय जसो नयाँ नयाँ हिरोइनसँग देख्न पाइने नायक अनमोल केसीलाई यस पटक पनि लिड हिरोइनमा उकुसा गिरीसँग देख्न पाइने भएको छ ।

केसीको आठौं प्रोजेक्ट ‘ब्याचलर बन्टी’ का लागि लिड हिरोइन फाइनल गरिएको हो। फिल्ममा अनमोलको अपोजिटमा अभिनेत्री गिरी अनुबन्ध भएकी हुन्।

मिस एसिया नेपाल (बेस्ट पसर्नालिटी), मिस एसिया (मिस ब्युटीफूल आइज), मिस एसिया २०१७ की विजेता समेत रहेकी गिरी ले यही फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् ।

हालै उकुसा र निर्माता सुदिप खड्कावीच औपचारिक सम्झौता भएको छ । दशैंपछि छायांकन सुरु हुने ‘ब्याचलर बन्टी’ लाई मिलन चाम्ले निर्देशन गर्दैछन् । कमेडी/लभस्टोरी जानरामा निर्माण हुने फिल्ममा अनमोल बनिष तिमल्सेना उर्फ ‘बन्टी’ को भूमिकामा देखिनेछन् ।

फिल्मको सम्पूर्ण छायांकन यूरोपमा हुने निर्देशक चाम्सले बताए । महंगो लागतमा निर्माण हुन लागेको फिल्मको प्रदर्शन मिति फागुन १७ गतेलाई तोकिएको छ । अनमोलले ‘ए मेरो हजुर ३’ पछि यो फिल्मको सुटिङ ज्वाइन गर्ने बताइएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version