काठमाडौँ :राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले हचुवाका भरमा नभई अध्ययनसहित जनतालाई सेवा दिएर कर लागू गर्न स्थानीय तहलाई आग्रह गरेका छन् ।

उपाध्यक्ष कँडेलले सिन्धुली जिल्ला समन्वय समितिद्वारा आज आयोजित अन्तक्र्रिया कार्यक्रममा जनतालाई समस्या नपर्ने गरी कर लगाउने कुरामा ध्यान दिन स्थानीय तहलाई आग्रह गरेका हुन् ।

उपाध्यक्ष कँडेलले सिन्धुली जिल्लामा निर्माण हुने ठूला राष्ट्रिय गौरवका आयोजनाको आजै निरीक्षण पनि गरेका छन् । सुनकोसी–मरिण डाइभर्सन र खुर्कोट–चियाबारी सुरुङमार्ग तथा विभिन्न पुलको निरीक्षण गर्दै उपाध्यक्ष कँडेलले यी परियोजना समयमै शुरु गरेर सम्पन्न गरिनुपर्ने आवश्यकता औँल्याए ।

मध्यपहाडी लोकमार्गको हेटौँडा–चतराखण्डको समेत अवलोकन गर्दै उपाध्यक्ष कँडेलले यी परियोजना समयमै सम्पन्न गर्न सबै पक्षको सहयोगको जरुरी रहेको बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version